कार्तिक २१ गोरखा । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारको समयमा देउसी भौलो प्रतिबन्ध गर्ने भएको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै तिहारहको समयमा खेलिने देउसी भैला, नाचगान लगायतका कार्यक्रम नगर्न आग्रह गरेको हो ।
आफ्ना परिवारका सदस्यसंगमात्रै चाड पर्व मनाउन आग्रह गर्दै धार्मिक स्थल मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देबि पाण्डे खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।