भारतीय स्थल सेनाध्यक्ष नरवणे स्वदेश फिर्ता


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




कार्तिक २१ काठमाण्डौं । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमण आएका भारती स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार स्वदेश फर्किएका छन् ।


गत बुधबार नेपाल आएका नरवणे आज औपचारिक भ्रमण सम्पन्न गर्दै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनलाई स्वदेश फिर्ता हुनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेका थिए ।

भ्रमणको अन्तिम दिन उनले प्रधानमन्त्री केपी ओलीसँग समेत भेटवार्ता गरेका थिए । भने उनले आज बिहान नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगी अनुभवहरुका बारेमा बताएका थिए ।

यसअघि बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यालेवी भण्डारीबाट उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।