एलआईसी नेपालले दुर्घटना परि ज्यान गुमाएका पोखरा–२६ का दिपेन्द्र गुरुङको आश्रित परिवारलाई मृत्युदावीको १४ लाख ३५ हजार ७ सय ८३ रुपैयाँ भुक्तानी गरेको छ।
गोर्खा जिल्ला स्थायी ठेगाना भई हाल पोखरा–२६ अर्घौमा टेक्टर ब्यवसाय संचालन गर्दै आएका गुरुङको गत साउन २१ गते दुर्घटनामा परि ज्यान गएको थियो।
स्वर्गीय गुरुङकी श्रीमती समसरी गुरुङलाई सुक्रवार उनकै घरमा पुगी एलआईसी नेपाल लेखनाथ शाखा प्रमुख सञ्जीव खनाल, एजेन्सी म्यानेजर रञ्जना भण्डारी र एजेण्ट प्रकाश राइभाटले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
स्वर्गीय गुरुङले तीन वर्ष पहिला १२ लाख बीमाङ्कको बीमा गरेका थिए भने उनको कामको सिलसिलामा गत साउनमा लोडरको ठक्करवाट सेती नदी किनारामा निधन भएको थियो।
चेक बराबरको रकम बुझ्दै श्रीमती समसरीले आफनो जीवनको मुख्य आधारलाई गुमाउँदा आफूमाथि परेको बज्रपातमा केही हदसम्ममा भएपनि बीमा कम्पनीले मल्हमपट्टी लगाउने काम गरेकाले उक्त रकमको सही सदुपयोग गरी आफ्ना दुई नाबालक छोराछोरीको शिक्षादिक्षाका लागि खर्च गर्ने बताइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







