पोखराका समाजसेवी, उद्योगपति तथा प्रतिनिधिसभा आमन्त्रित सदस्य स्व. सूर्यबहादुर (सिताराम) केसीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्धारा गहिरो दुःख व्यक्त गरेको छ।
नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाद्धारा जारी विज्ञप्तिमा केसीको निधनप्रति दुःख व्यक्त गर्दै स्व. सांसदप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

‘तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रधानपञ्च, संविधानसभा माननीय सदस्य, वरिष्ठ उद्योगपति आदरणीय सूर्यबहादुर केसी (सिताराम केसी) को ०७७ कार्तिक १७ गते उहाँको निवास पोखरा महानगरपालिका वडा नं ७, एअरपोर्टमा अकल्पनिय असामयिक निधन भएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की ज्यादै मर्माहत एर्व दुःखित बनेको छ, ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखको क्षणमा शोकाकुल परिवारजन्, उहाँकी धर्मपत्नी प्रेमकुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी, रोशन केसी, बुहारीहरु र इष्टमित्रहरुमा धैर्यधारण गर्ने प्राप्त होस भन्दै गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, दिवंगत सूर्यबहादुर केसीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






