नेकपाका बहुमत सदस्यहरुको पार्टी अध्यक्ष ओलीलाई लिखित माग


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कार्तिक २२ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तत्काल केन्द्रिय सचिवालय बैठक बोलाउन प्रचण्ड सहितका बहुमत सदस्यहरुले माग गरेका छन् ।

शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सचिवालय सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो माग गरेका हुन।

सचिवालयका नौमध्ये पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन लिखित माग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
ओलीले बैठकका विषयमा कुनै निष्कर्ष नदिएको प्रवक्ता श्रेष्ठले बताए।

यस असघि, प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा छुट्टै अनौपचारिक छलफल गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।