फाइल तस्विर
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाउन आफूले सोंच्न र सल्लाह गर्न समय मागेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित सचिवालयका ५ नेताहरुले शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट गरेर सचिवालय बैठक बोलाउन लिखित माग गरेपछि ओलीले बैठक बोलाउनेबारे आफूलाई सोंच्न र सल्लाह गर्ने समय दिन माग गरेका हुन् । प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक भोलि नभएपनि ढिलोमा पर्सी भित्र बोलाउन माग गरेका थिए । प्रतिउत्तरमा ओलीले तत्काल बैठक बोलाउन नसक्ने भनेको भन्दै ओलीलाई उद्धृत गर्दै ती नेताले भने,‘मिति तोक्न मैलेपनि सोंच्नुपर्छ, सल्लाह गर्नुपर्छ भन्नुभयो ।’ ओलीले बैठक बैठक नबस्ने नभनेको भन्दै बरु त्यसको तयारीका लागि समय आवश्यक पर्ने बताएको ती नेताले बताए ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउनेबारे निर्णय नभएको जानकारी दिए । उनले आफूहरुले २ दिनभित्र बैठक बोलाउन माग गर्दा निश्कर्ष नदिएको बताए ।
बैठकमा प्रचण्डसहितका पाँच नेताहरुले एकमुख भएर ओली मनोमानी रुपमा चलेको भन्दै सच्चिन आग्रह गरेका थिए । जवाफमा ओलीले प्रचण्डले गुट चलाएको र आफूलाई असहयोग गरेको आरोप लगाएका थिए । जवाफमा माधव नेपालले यत्तिका नेताहरुले किन विरोध गरे भनेर नसोंच्ने ? तपाईं आत्मआलोचना गर्न किन तयार नहुने ? भनेर प्रश्न गरेका थिए । बैठकमा बामदेव गौतमले ओलीलाई व्यक्तिवादी भएर चलेको आरोप लगाउँदै नेकपाको समस्या नै व्यक्तिवादी हुनु रहेको र त्यसको प्रतिनिधि पात्र ओली भएको टिप्पणी गरे ।
कार्यकारी अध्यक्ष प्रचण्डले भने ओलीले स्थायी कमिटीको निर्णय नमानेको र बैठक बसौं भन्दा नमानेको बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







