बरिष्ठ फिजियोथेरापिस्ट डा.खड्गसिंह गुरुङलाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




बरिष्ठ फिजियोथेरोपिस्ट डा.खड्गसिंह गुरुङलाई कोरोना संक्रमण भएको छ । डा.गुरुङले शनिबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

केहि दिनदेखी रुघा र ज्वरो आएपछि होम आइसोलेसनमा बसेको तर कम नभएपछि पिसीआर जाँच गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएको डा.गुरुङले उल्लेख गरेका छन् । शुक्रबारसम्म होम आइसोलेसनमा बसेको र शुक्रबारदेखि आफू फिस्टेल हस्पिटलको आईसोलेसन कक्षमा बसिरहेको उनले जानकारी दिए ।

उनले आफूसँग केहि दिनदेखि सम्पर्कमा रहेकाहरुलाई पिसीआर जाँच गर्न र सतर्कता अप्नाउन आग्रह गरेका छन् । उनले आफूसँग सम्पर्कमा रहेकालाई जानकारी दिन र कोरोना लाग्दैमा लुकाउनुपर्ने कारण नभएकाले सामाजिक सञ्जालमार्फत जानकारी गराएको एभरेस्ट आवाजलाई बताए ।

बरिष्ठ फिजियोथेरापिस्ट डा.गुरुङ पोखराको फिस्टेल हस्पिटल र हरियोखर्क अस्पतालमा कार्यरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।