काँग्रेस पदाधिकारी बैठक आज (आइतबार) पनि


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




नेपाली काँग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक आज (आइतबार) पनि बस्दैछ।

पार्टीको शनिबार बसेको बैठकले कुनै निष्कर्ष ननिकाली टुंगिएककाले आज (आइतबार) पनि बैठक बस्ने भएको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागको विषय टुंगोमा पुग्न नसकेको काँग्रेस श्रोतले बताएको छ।

श्रोतका अनुसार, बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वउपसभापति गोपालमान श्रेष्ठले गठन भइसकेका विभाग र महाधिवेशन मिति हेरफेरमा सहमति गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

काँग्रेस पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले विधानविपरीत भएका गल्तीहरु सच्याउन माग गर्दै विधानसम्मत् भएका निर्णयहरु आफूहरु मान्न तयार भएको बताएका थिए।

बैठकमा पार्टी समायोजनको विषय, क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या र महाधिवेशनको कार्यतालिका संशोधनको विषयमा कुरा उठेको काँग्रेस श्रोतले बताएको छ।

बैठकमा सहभागीहरुले बोल्नेक्रम नसकिएपछि आइतबार आज (आइतबार) दिउँसो १ बजे निर्णायक बैठक बस्दैछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।