
चर्चित पत्रकार ऋषि धमलालाई पनि कोरोना संक्रमण भएको छ । धमलाले आईतबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएको र आईतबार कोरोना पोजिटिभ देखिएको धमलाले बताएका छन् । उनले आफू होम आईसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । साथै उनले आफूसँग केहि दिनदेखि सम्पर्कमा रहेकालाई स्वास्थ्य सतर्कता अप्नाउन आग्रह गरेका छन् ।
धमलाले आफूलाई माया र सद्भाव राख्ने आफन्त तथा शुभेच्छुकहरुको आशिर्वादले आफूले छिट्टै कोरोनालाई जित्ने विश्वास व्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।