सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो सोंच बनाएर नेतृत्व गर्न सल्लाह दिएका छन्।
आइतबार, बालुवाटारमा नेता नेपालसहित अरु नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको प्रतिक्रिया दिएपछि नेता नेपालले यस्तो जवाफ सुझाव दिएका हुन् ।
नेता नेपालले पार्टी र सरकार सञ्चालन विधि, प्रक्रिया, पद्धति एवं विधानअनुसार हुनुपर्नेमा जोड दिए। नेपालले सबैलाई मिलाएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको पार्टी श्रोतले बताएको छ।
स्रोतका अनुसार, पार्टी कमिटी बैठक बोलाएर ठोसरुपमा समाधानको प्रस्ताव ल्याएर विवाद समाधान गरी अगाडि बढ्न पनि नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिए।
जवाफमा प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले पार्टीलाई फुटबाट जोगाउन आग्रह समेत गरे।
बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग शनिबार भेटेर लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट ओली र नेपालबीच छलफल भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







