नेपाल राष्ट्र बैंकले आज (सोमबार) १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ।
केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।
सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ। यस्तै, १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ।
बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ। त्यस्तै, १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनका लागि बिक्री गर्न लागिएको छ। यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ।
बैंकले यसअघि यही कात्तिक १७ गते १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।