लमजुङको हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




लमजुङको पर्यटकीय स्थल हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको छ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ स्थित हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको हो ।

पोखराको ओपन स्काई प्याराग्लाईडिङ् कम्पनी प्रालिका टेण्डम फ्लाईट पाईलट नुरेन राना र सोलो पाइलट सुमन मगरले सोमबार सफलतापूर्वक प्याराग्लाईडिङ गरेको मस्र्याङ्दी गाउँपालिकाका उपप्रमुख होमबहादुर विकले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।