कोरोना सङ्क्रमितको हेलिकप्टर मार्फत उद्दार


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ । यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिनुभयो । उहाँलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो । —


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।