टायर पड्किँदा जुम्लामा एकको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।

कार्तिक २४ जुम्ला । डोजरको टायर पड्किँदा जुम्लामा एक जनाको मृत्यु भएको छ ।

टायरमा हावा भर्ने क्रममा अचानक पड्किँदा जिल्लाको कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा स्थानिय ५९ वर्षीय धनराम रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घट्नास्थलमा मृत्यु भएका रावतको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।