सांसद बराल भन्छन् : ‘नीति, विधि र उद्धेश्य अनुरुप पार्टीले अगाडि बढ्ने आँट गरोस्’


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




नेकपा नेता तथा गण्डकी प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ले नेकपाले नीति, विधि र उद्धेश्य अनुरुप अगाडि बढ्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै गण्डकी प्रदेश सांसदसमेत रहेका नेकपा गण्डकी प्रदेश कमिटी सदस्य बरालले पार्टीले आफ्नो नीति, विधि र लक्ष्य समात्नुपर्ने बताएका हुन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति लक्षित असन्तुष्टी स्वरुप कार्यकर्ताको माग भन्दै उनले स्टाटसमा लेखेका छन्,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नीति, विधि र र उद्धेश्य अनुरुप अगाडि बढ्ने आँट गरोस् ।’

सांसद बरालले नव सामन्तवादको प्रतिनिधिले झैं धाक धम्की दिदै मुलुकलाई बर्बाद बनाउन खोज्ने प्रवृत्तिको विपक्षमा सिंगो नेकपा तम्तयार भएर बसेको उनले दाबी गरेका छन् ।

सांसद बरालले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफ्नै पार्टी, देश र जनताप्रति छलकपट गरेकोसमेत टिप्पणी गरेका छन् । पार्टीमा भएको विवाद मिलाउने नाममा कार्यदल बनाउनु निरर्थक हुने भन्दै उनले भनेका छन्,‘पटक पटक आफ्नै पार्टीका नेताहरु र देश एवम् जनतालाई छलकपट गर्ने पात्र र प्रवृत्ति फेरिएला वा सच्चिएला भन्ने पत्याउने कसरी ? त्यसैले मिलाउने नाउमा कार्यदल सकृय हुनु निरर्थक हुन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।