नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गरेका योगदानको स्मरण गर्दै उनिप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका हुन । महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुगेका थिय । सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गरेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।