कास्कीको माछापुच्छ«े गाउँपालिकाको रिभानमा मोटरेवल पुल निर्माण हुने भएको छ । २०७४ साल साउन २४ गते पहिरो गएर एक दर्जन घर बगाएको ठाउँ माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ स्थित रिभान खहरे खोलामा मोटरेबल पुल निर्माण गर्न लागिएको हो । लाहाचोक–ल्वाङ रोडमा पर्ने उक्त पुल निर्माणको गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलबार शिलान्यास गरे ।
स्थानिय जनप्रतिनिधि गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालको विशेष पहलमा गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ५ करोड ९८ लाख ३० हजार ६ सय ८२ रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको भौतिक पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश प्रमुख दीनेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार पुल ४० मिटरको हुनेछ । आरसिसी पुल आरसी डेक स्ल्यावसहित स्टिल प्लेट ग्रिडरको प्रयोग गरेर निर्माण गरिने उनले बताए । दुई लेनको यो पुलको दुवैतर्फ १.२ मिटरको फुटपाथ रराखिने उनले जानकारी दिए ।
पुल निर्माणको जिम्मा एमएस ईन्द्रेणी÷फेवा जेभी पोखराले लिएको छ । २०७८ साल असोज ६ गतेसम्म पुल निर्माण गरिसक्ने म्याद तोकिएको छ । यद्वपी २०७८ साल असार मसान्त सम्ममा पुल निर्माण गरिसक्ने भनेर निर्माण कम्पनी एमएस ईन्द्रेणी÷फेवा जेभी पोखराले प्रतिबद्धता जनाएको पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए ।
पुल निर्माणपछि माछापुच्छ«े गाउँपालिकाका वडा नम्बर ५, ४, ९ र ८ का कुईबाङ, ताक्रो, सैंतीघट्ट, सिदिङ, मोहराबासी लाभान्वित हुने माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।