गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) नेपामा नियन्त्रण भन्दा बाहिर गएको बताएका छन् । अनलाईन पत्रकार संघ गण्डकी प्रदेशको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेबसाईट शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमापनि कोरोना नियन्त्रण बाहिर गएको बताएका हुन् । उनले कोरोना नियन्त्रणबाहिर गएकाले अब जनता आफै सुरक्षित हुनुपर्ने बताए । कोरोनालाई सामान्य सम्झेर हेलचेक्राईं गर्नुभन्दा व्यवहारिक ढंगले नियन्त्रणमा लिनुपर्ने उनको भनाई थियो ।
मन्त्री गुरुङले कोरोना महामारीको असरले पर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको बताए । स्वास्थ्यकर्मी, चिकित्सकलाई भत्ताको सुविधा उपलब्ध गराउँदा पनि समस्या बेहोर्नुपरेको बताउँदै उनले कोभिडका कारणले यतिबेला सबैको समस्याको रुपमा रहेको र चिकित्सकहरु समेत खटिन नमान्दा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा स्वयंले आफ्नो ध्यान पुर्याउनुपर्ने बताए । उनले भने–“शत्तिशाली देशमा पनि संक्रमित सबैले अस्पतालमा बस्न नपाएको भन्दै अस्पताल भर्ना हुने अवस्था नहुँदा सम्म घरमै सुरक्षित तवरले आईसोलेसन बस्न उनको आग्रह छ ।” गण्डकी प्रदेश सरकार कोरोना रोकथामकै बाटोमा हिंडिरहेको बताउँदै महामारीले असर पुर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने “सबै मिलेर नै कोरोनालाई परास्त गर्न सक्छौ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए
कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







