नदीमा डुबेर किशोरको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए । उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।