अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरा रहेका भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए । सीमानाका बन्द भएका बेला ट्युबबाट भारत गइरहेका चार जनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको र उनीहरु चारैलाई आज अदालतमा पेश गरिने जनाइएको छ । सीमानाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युबमार्फत जाने गरेका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरका बीच भारत गईरहेका छन् । झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमा मार्फत तरेर भारत जाने गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।