लागुऔषध सहित एक युवा पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

कार्तिक २६ पोखरा । लागु औषध सहित स्याङ्जाबाट एक युवा पक्राउ परेका छन् ।

स्याङ्जाको वालिङ–९ घर भएका जितन कुँवरलाई प्रहरीले लुकाएर राखेको अवस्थामा लागु औषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवरको साथबाट प्रहरीले फेनेरागन ११ एम्पुल, नोफिम ९ एम्पुल, डाइजोपाम १० एम्पुल र सिसरन्ज ३ थान बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्ष राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

उक्त लागुऔषध बिग्रिएर ग्यारेजमा राखेको ग ४ प ८१७९ नं को मोटरसाईकलको सिटमुनिबाट प्रहरीले बरामद गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।