फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली
कात्तिक २६ सङ्खुवासभा । पार्टीमा विवाद भएपनि पार्टी नफुट्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् ।
आज सङ्खुवासभाको किमाथाङ्का नाका, सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टी साना–साना टुक्रा मिलेर बनेकाले तत्काल नफुट्ने दावी गरे । उनले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सडक विस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक विस्तार गर्न समस्या देखिएपछि नेपाली सेनालाई जिम्मा दिइएको र अब चाँडै ट्र्याक ओपन हुने विश्वास लिएको बताए ।
नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान सङ्खुवासभा पुगेका ओली आज नै काठमाण्डौ फर्किसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







