तपाँई कुवेतमा हुनुहुन्छ ? त्यहाँको सरकारले भिसासम्बन्धी नयाँ नियम ल्यायो

- ‘आवासीय भिसा भएकाहरुले नवीकरण गर्नु, प्रवेश भिसा भएकाहरु स्वदेश फर्कनु’


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




कुवेत सरकारले भिसासम्बन्धी नयाँ नियम जारी गरेको छ।

कुवेतको मन्त्रीमण्डलको निर्णयअनुसार त्यहाँको आन्तरिक मन्त्रालयले भिसासम्बन्धी नयाँ नियममा जारी गरेको हो।

मन्त्रालयले जारी गरेको नयाँ नियममा आवासीय र प्रवेश भिसासम्बन्धी नयाँ नियम तोकेको हो।

जारी नयाँ नियमअनुसार आवासीय भिसा भएकाहरुको हकमा भिसा सकिएकाले नोभेम्बर ३१ भित्र नविकरण गर्नुपर्ने र भिसा नविकरण नगरे कुवेत छाड्नुपर्ने हुन्छ।

आवासीय भिसा पाएर कुवेत पुगेका श्रमिकहरुले आफ्नो भिसा नवीकरण गर्न सक्ने त्यहाँको नयाँ नियममा उल्लेख छ ।

३१ नोभेम्बरभित्र आवासीय भिसा नविकरण नगरिए स्वदेश फर्कनुपर्ने हुन्छ।

कुवेतको मन्त्रिपरिषदको निर्णय अनुसार अब कुवेतमा आवासीय भिसा भएका विदेशी नागरिकले नोभेम्बर ३० भित्र भिसा नवीकरण गर्न पाउनेछन्।

त्यस्तै, प्रवेश भिसा भएकाहरुले ३० नोभेम्बरभित्र कुवेत छाड्नुपर्ने बाध्यकारी नियम तोकेको छ।

प्रवेश भिसामा कुवेत गएकाले भने ३० नोभेम्बरभित्र स्वदेश फर्कनु पर्नेछ। प्रवेश भिसा भएकाहरुको हकमा त्यहाँको नयाँ नियमले भिसा नविकरण गर्न भनेको छैन।

कोरोना महामारीको कारण आवासीय भिसा सकिएकालाई कुवेत सरकारले गएको अगष्ट ३१ सम्म तीन महिना र फेरि सेप्टेम्बर १ देखि ३० नोभेम्बरसम्म गरी ६ महिना भिसा थप गरिदिएको थियो।

तर, अब भने कुवेतको आन्तरिक मन्त्रालयले नयाँ नियम ल्याएको छ।

प्रवेश भिसा मात्र भएका श्रमिकले यो समयमा कुवेत नछाडेमा कानुनी रुपमा प्रश्न उठ्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ।

त्यसैले समयमै आफ्नो भिसाको प्रकृति अनुसार कुवेत सरकारले तोकेको नियम अनुसार आफ्नो भिसा नवीकरण गर्न वा स्वदेश फर्कन अनुरोध गरिएको छ।

अहिले यतिखेर तपाईँ कुवेतमा हुनुहुन्छ र आवासीय भिसा सकिएको छ? यदि त्यसो हो भने तपाईँले नोेभेम्बर ३१ भित्र कि त आफ्नो आवासीय भिसा नवीकरण गरिसक्नुपर्छ कि भने स्वदेश फर्कनु पर्ने भएको छ। यदि, तपाँईसँगको कुवेत प्रवेशको भिसा छ भने ३० नोभेम्बरभित्र स्वदेश फर्कने तयारी गर्नुपर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।