३ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाकै फलेवास नगरपालिका वडा नं. ११ पाङराङ स्थायी घर भई विहादी गाउँपालिका वडा नं. ३ रानीपानी बस्ने २९ वर्षीय शोभाखर दर्जी रहेको प्रहरीले जनाएको छ।

गत सोमवार दिउँसो पौने १ बजेको समयमा बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षक बिजयकुमार सिंहको कमाण्डमा खटिएको प्रहरीले घटनास्थलबाटै उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका दर्जीलाई पर्वतको हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ। पीडित बालिकाकी आमाले जवरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त पेश गरेकाले मंगलवारै पर्वत जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा शीर्षकमा मुद्दा दर्ता गराएकी छन्।

अदालतबाट पहिलो पटक ५ दिनको को म्याद थप गरी घटनाको अनुसन्धान कार्य भईरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।