
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चारवटा विधेयक प्रमाणीकरण गरेका छन । उनले गण्डकी प्रदेशसभाले पारित गरी पठाएका चारवटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बुधबार प्रमाणीकरण गरेका हुन । गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयकसहित खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।