नेवार समुदायले मनाउने भाईटीका (किजा पूजा)को शुभ साईत मंसीर २ गते पूर्वाह्न १० बजेर ५८ मिनेटमा


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




नेवार समुदायले मनाउने भाईटीका (किजा पूजा)को शुभ साईत मंसीर २ गते पूर्वाह्न १० बजेर ५८ मिनेटमा रहेको नेवा खलले जनाएको छ । नेवाः खल कास्कीले विज्ञप्ती जारी गर्दै शुभ दीपावली (तिहार)को अवसरमा नेवार समुदायले लगाउने भाईटीका (किजा पूजा)को शुभ साईत १० बजेर ५८ मिनेटमा रहेको जनाएको हो । नेवा खलले शुभ साईतबाट शुरु भएको किजा पुजाको समय १२ बजेर २८ मिनेटसम्म शुभ लाभको समय रहेको बताएको छ । त्यस्तै अपराह्न १२ बजेर २९ मिनेटदेखि १ बजेर ५८ मिनेटसम्म अमृत बेला भएकाले सो समयमापनि किजा पूजा गर्न मिल्ने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

नेवा खल कास्कीले म्हः पुजाको समयपनि सार्वजनिक गरेको छ । नेवा खल कास्कीले म्हः पुजा मंसीर १ गते ९ बजेर २८ मिनेटदेखि १० बजेर ५८ मिनेटसम्म शुभ लाभ बेला रहेको जनाएको हो । त्यस्तै सोहि दिन अपराह्न ३ बजेर २८ मिनेटदेखि ४ बजेर ५८ मिनेटसम्म लाभ बेला र अपराह्न ४ बजेर ५८ मिनेटदेखि ६ बजेर २८ मिनेटसम्म अमृत बेला रहेको अध्यक्ष पालिखेले जानकारी दिए ।

नेवा खलले लक्ष्मी पूजाको समय भने कात्तिक ३० गते साँझ ५ बजेर ११ मिनेटदेखि ६ बजेर ४१ मिनेटसम्म शुभ बेला र साँझ ६ बजेर ४१ ब्जेदेखि ८ बजेर ११ मिनेटसम्म अमृत बेला रहेको जनाएको छ ।

यसैबीच, नेवा खलको युवा संस्था नेवा ल्याम्हः कास्कीले तोकिएकै समयमा किजा पूजा, म्हःपूजा र लक्ष्मी पूजा गर्न अपिल गरेको छ । पुचःका अध्यक्ष मधुसुदन जोशी र महासचिव सुरेशकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा नेवारी संस्कार, संस्कृतिको जगेर्नाका लागि नेवा खलःको आह्वान अनुसार किजा पूजासहित म्हः पूजा र लक्ष्मी पूजा गर्न अपिल गरेको हो । साथै नेपाल सम्वतको अवसरमा ल्याम्ह पुचःले जुममार्फत शुभकामना आदानप्रदान गर्ने भन्दै सो कार्यक्रममा जुममार्फत सहभागि हुनपनि आह्वान गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।