पोखरा ५ को वडा दर्पण लोकार्पण


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




कार्तिक २७ पोखरा । पोखरा महानगरपालिका वडा नं.५ द्वारा प्रकाशित वडा दर्पण अंक २ को लोकार्पण वडा बाल मञ्चका अध्यक्ष दिपिका भट्टराईद्वारा गरिएको छ ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विकास निर्माणसँग सम्बन्धित लेखहरु, वडाका तथ्य तथ्यांकहरु सहितको यो पुस्तक वडाबासीले हेर्नैपर्ने पुस्तक भएको चर्चा गरे ।

वडा नं.५ का अध्यक्ष धनबहादुर नेपालीले प्रकाशनलाई निरन्तर गरिने, भए गरेका कामहरुको लिखित दस्तावेजको रुपमा वडा दर्पण पुस्तक रहेको चर्चा गरे ।

कार्यक्रममा समालोचक श्रीकान्त खतिवडाले प्रकाशनको काम सामान्य नभएको, नागरिकको सूचना पाउने अधिकारलाई प्रकाशनले समेटेको र आगामी दिनमा वडा दर्पण प्रकाशन निरन्तर रहने विश्वास व्यक्त गरे ।

विभिन्न २२ वटा लेखहरु, विवरणहरु रहेको सो पुस्तकमा आर्थिक वर्ष २०७४।०७५, २०७५।०७६, २०७६।०७७ मा सम्पन्न विकास योजनाहरुको विवरण समेत वडा दर्पणमा रहेको छ ।

वडा सदस्य उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत पुष्पराज बराल र संचालन अञ्जु केसीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।