मन्त्रिपरिषद् निर्णय : सीमामा लगाइँदै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कात्तिक २७ काठमाण्डौ । सरकारले सीमा नाकामा लगाउँदै आएको प्रतिवन्धलाई मंसिर मसान्तसम्म कायम राख्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेबाट सीमा नाकामा लगाएको प्रतिवन्ध मंसिर ३० सम्मलाई यथावत राखिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यस्तै, सरकारले नेपालमा नै रसायनिक मल कारखानाको स्थापना गर्ने निर्णय गरेको छ ।
सरकारले त्यसका लागि कारखानाको सम्भाब्यता, लगानीको मोडल र कारखानासंग सम्बन्धित सबै विषयको अध्ययनका लागि अर्थमन्त्री संयोजक रहने गरि तीन जना मन्त्रिको समिति गठन गरेको छ । समितिमा वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंक्षी विकासमन्त्री सदस्य रहेको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पुस्तकमा लाग्ने कर हटाउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।