साङ्केतिक तस्विर
कार्तिक २७ सिराहा । ठूलो परिणामको नक्कली नोट सहित सिराहाबाट तीन जना पक्राउ परेका छन् ।
सिराहाको गोलबजार नगरपालिका–६ लामाटोलबाट जिल्ला प्रहरी कार्यालय सिराहाले झण्डै ७ लाख बराबारको नक्कली नोट सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
बिहीबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुको साथबाट ६ लाख ८४ हजार बराबारको नक्कली नोट बरामद गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।
सो मध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी राखिएको र काट्न बाँकी रहेको अवस्थामा बरामद गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय विमलेन्द्र नायक हुन् ।
उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु पनि फेला परेको छ ।
तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







