नेकपा सचिवालय बैठक आज बस्दै

- सडकमा हिँड्दाहिँड्दै भन्दापनि आवश्यकता र विधिअनुसार बैठक बस्छ – प्रम ओली


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि बैठक आज (शुक्रबार) का लागि बोलाइएको हो।

महासचिव विष्णु पौडेलले सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने सचिवालय सदस्यहरुलाई जानकारी गराएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केही दिनअघि महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन पटकपटक माग गर्दै आएका थिए।

तर, अर्का अध्यक्ष ओलीले यसअघि सचिवालय बैठक सडकमा हिँड्दाहिँड्दै भन्दापनि आवश्यकता र विधिअनुसार बस्ने व्यवस्था रहेको बताएका थिए।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट, सरकारका पछिल्ला कामकारबाहीका कारण सत्तारुढ नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह सन्तुष्ट छैनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।