बंगलादेशसँगको मैत्रीपूर्ण पहिलो खेलमा नेपाल पराजित भएको छ।
बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित बनेको हो।
खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्न सफल बन्यो। उसका लागि खेलको ८० औँ मिनेटमा महबुर रहमानले गोल थपे।
नेपालले अब बंगलादेशसँग आउँदो मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ। नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार (हिँजो) प्रतियोगिता खेलेको हो। नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसँग फुटबल खेलेको थियो। नेपाल त्यो खेलमा कुवेतसित १–० गोलले पराजित बनेको थियो।
कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनैपनि प्रतियोगिता खेलेको थिएन। महामारीकै बीच नेपालले बंगलादेशसँग २ मैत्रीपूण्
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







