पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बीएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो।
जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ।
बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बीएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको हो। सो क्षेत्रमा अन्य २ जना जवानको पनि मृत्यु भएको छ।
अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका दैनिक भास्करले जनाएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।
झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






