संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका संचारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताएको आजको गोरखापत्र दैनिकमा खबर छ।
कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनले बताए । श्रमजीवी पत्रकार र संचारगृहबीच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताए।
कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको उनले बताए। संचार माध्यम नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्णय गरेको उनले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि…





