चिल्ड्रेन–नेपालको २४ औं साधारण सभा


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




चिल्ड्रेन नेपालको २४ औ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्वस्थ्य मन्त्रालयबाट जारी स्वस्थय मापदण्ड अपनाएर आयोजना गरिएको कार्यक्रममा कोषाध्यक्ष शान्त पौडेलले आर्थिक बर्ष ०७६/०७७ को आर्थिक प्रगती प्रतिबेदन प्रस्तुत गरे ।

त्यसैगरि, संस्थाका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले आर्थिक बर्ष ०७६/०७७ को कार्य प्रगति तथा प्रस्ताबित कार्यक्रमहरु प्रस्तुत गरे ।

कार्यक्रममा कार्यकारी निर्देशक एबं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले संस्थाका अध्यक्ष भिमलाल गुरुङलाई नेपाल सरकार राष्ट्रिय बाल अधिकार परिषदको सदस्य जस्तो गरिमामय पदमा मनोनित गरेकोमा बधाई दिए।

सामाजिक कार्य गर्ने लायन्स क्लबको कलस्टर प्रमुख भएकोमा बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मालाई बधाई दिए।

संस्थाका अध्यक्ष भिमलाल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष साबित्री नेपालीले र कार्यक्रम संचालन सचिब जयन्द्र भट्टराईले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।