प्रतिकात्मक तस्बीर
कास्कीमा ८७ जनासहित गण्डकी प्रदेशमा १२९ जना नया कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा आज विहानै कास्कीमा ८७ जनासहित १२९ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
गण्डकी प्रदेशमा एका विहानै थपिएका संक्रमित मध्ये पोखरा–१ मा १ पुरुष, वडा नम्बर–२ मा ३ पुरुष र ३ महिला, वडा नम्बर–३ मा ३ महिला, ६ पुरुष वडा नम्बर–४ मा २ पुरुष र २ महिला, वडा नम्बर–५ मा ४ महिला र ५ पुरुष, वडा नम्बर– ६ मा १ पुरुष र १ महिला, वडा नम्बर–७ मा १ पुरुष र १ महिला, वडा नम्बर–८ मा ३ महिला र ५ पुरुष, वडा नम्बर–९ मा १ महिला र २ पुरुष र वडा नम्बर–१० मा २ पुरुष संक्रमित भएका छन् ।
त्यस्तै, पोखरा महानगरपालिकाको वडा नम्बर–११ मा २ पुरुष, वडा नम्बर–१२ मा १ महिला, वडा नम्बर–१३ मा १ महिला, वडा नम्बर–१५ मा २ महिला र ३ पुरुष, वडा नम्बर–१६ मा ४ महिला, वडा नम्बर–१७ मा ३ महिला र ३ पुरुष, वडा नम्बर–२१ मा २ महिला १ पुरुष संक्रमित भएका छन् ।
पोखराकै वडा नम्बर–२५ मा १ महिला र १ पुरुष, वडा नम्बर–२६ मा १ पुरुष, वडा नम्बर–२७ मा १ पुरुष र वडा नम्बर–३२ मा १ पुरुष तथा पोखरा महानगरपालिकाको वडा नखुलेका ४ महिला र ६ पुरुष पनि संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको मादीमा वडा नखुलेकी १ महिला, अन्नपूर्ण गाउँपालिकाको वडा नखुलेकी १ महिलापनि संक्रमित भएका छन् ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा वडा नखुलेका १ महिला र १ पुरुष, बागलुङ नगरपालिकाको वडा नखुलेका २ पुरुष संक्रमित भएका छन् ।
म्याग्दी जिल्लामा १० जना संक्रमित भएकोमा स्थानिय तह नखुेलेका ५ महिला र ५ पुरुष संक्रमित भएका छन् ।
पर्वत जिल्लामा १६ जना संक्रमित भएकोमा जलजला नगरपालिकाको वडा नखुलेका ६ महिला र १० पुरुष संक्रमित भएका छन् ।
स्याङ्जामा पुतलीबजार नगरपालिकाको वडा नखुलेकका पुरुषपनि संक्रमित भएका छन् ।
तनहुँमा ११ जना संक्रमित थपिएकामा बन्दीपुरका वडा नखुलेका ३ महिला र ६ पुरुष रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







