नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसीर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउन हुने दाबी गरेको छ ।
मंसीरमा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउत हुँदैन भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको समितिले जनाएको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गरी मंसीर १५ गतेसम्म चन्द्रमास अनुसार कार्तिक शुक्लपक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन्। वैदिक सनातन हिन्दू धर्मावलम्बीले चन्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन्।
मंसीर १५ गतेसम्म कार्तिक शुक्लपक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए ।
यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसीरको १ गते परेको हो। भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकापसमा गच्छे अनुसार मीठा परिकार, उपहार एवं दान दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन पनि समितिले आह्वान गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







