दम र मुटु सम्बन्धी कोरोना जितेकी ८५ वर्षिया वृद्धा
८५ वर्षिया वृद्धालेपनि कोरोना जितेकी छन् । दम र मुटु सम्बन्धी समस्या भएकी पोखरा १० नयाबजारकी वृद्धा जुमकुमारी गुरुङले कोरोनालाई जितेकी हुन् । बृद्धा आमाकी छोरा नेकपा कास्कीका सचिव बखानसिंह गुरुङले आमाले २२ औं दिनमा कोरोना जितेको जानकारी दिए । आमालाई १० वर्षदेखि दम र मुटुको समस्या थियो,‘उनले भने,‘तर आज कोरोनालाई परास्त गर्न सफल हुनुभएको छ, हामी धेरै खुशी छौं ।’
आफूपनि संक्रमित भएपछि आमासँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–अस्पतालमा उपचाररत उनले आमाको स्याहार आफूले नर्सले जस्तै गरेको बताए । आमाको स्याहारका लागि म १९ दिनेदेखि निरन्तर निन्द्रापनि नभनी खँटे,उनले भने,‘आज कोरोना जितेपछि बल्ल ढुक्क भयो ।’
कोरोनालाई जितेपनि अबको केहि दिन आमालाई अस्पतालमै राखेर उपचार गरिने उनले जानकारी दिए । कोभिडको असर के कस्तो छ भनेर परीक्षण गर्नुका साथै उपचार पनि गर्नु भएकाले केहि दिन आमालाई अस्पतालमै राखिने उनले बताए ।
आमासँगै नेकपा कास्कीका सचिव गुरुङपनि शनिबार कोरोना संक्रमण मुक्त भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







