पोखरामा पनि अनुसन्धानका सारथी कुकुरहरुको पूजा गरियो


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




नेपालीको महान चाड तिहारको दोश्रो दिन आज पोखरामापनि नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा सघाउने कुकुरहरुको पूजा गरिएको छ । पोखराका विभिन्न प्रहरी कार्यालयमा रहेका अनुसन्धानमा खटिने कुकुरहरुको पूजा गरिएको हो । अनुसन्धानका सारथी कुकुरहरुको पूजा गर्नुका साथै मीठा मीठा खानेकुरासमेत खुवाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ र उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रमकुमार थापाले कुकुरहरुलाई माला पहिराई पुजा गरि मीठा खाने कुराहरु प्रदान गरेको प्रदेश कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।