प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविच भेटवार्ता


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कात्तिक २९ काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न साढे ५ बजे शितल निवास पुगेका प्रधानमन्त्री ओली २ घण्टा लामो छलफल गरेर सरकारी निवास बालुवाटार फर्केका छन् ।

ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेलामा राष्ट्रपति र प्रधानमन्त्रीबीच शनिबारको भेटलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टीमा खटपट र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् । राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।