
समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको पोखरापको हाम्रो कास्कीकोट युवा संजालले सामाजिक काम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीका बीचपनि सञ्जालले विविध सामाजिक कार्य गर्दै साप्ताहिक रुपमा वार्षिकोत्सव मनाएको हो ।

सञ्जालले वार्षिकोत्सवको अवसरमा कास्कीकोटमा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवारर, गुप्तकालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यप धाम, कश्यप ताल, कुलमण्डन पार्क आदिको सरसफाई गरेको छ ।
त्यस्तै, कोरोना कहरका कारण रगतको अभाव हुन नदिन कास्कीकोटमै पहिलो पटक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दा २० जनाद्वारा रक्तदानपनि गरिएको थियो ।
समापन कार्यक्रममा सञ्जालले स्थापनाकालिन समयदेखि संस्थालाई निरन्तर सहयोग गर्ने पोखरा–२४ का वडाध्यक्ष ओमप्रसाद सुबेदी, संस्थाका संस्थापकहरु बालाहरी शर्मा सुबेदी र रेशम गिरी, सामाजिक व्यक्तित्वहरु, रमेश कार्की, रामचन्द्र सुबेदी, प्रदीपकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
यसैबीच मधुमेह दिवसको अबसरमा कास्कीकोट सम्बद्द चिकित्सकहरुको समुहका संयोजक डा.दीपक मल्लको प्राबिधिक सहयोगमा उपस्थित सबैको निःशुल्क मधुमेह जाँचसमेत गरिएको थियो ।
सञ्जाका अध्यक्ष हेम सुबेदीले संस्थाले बिगतदेखि निरन्तर कास्कीकोटको सामाजिक, सास्कृतिक, आर्थिक एवं पर्यटन बिकासमा महत्वपुर्ण भूमिका खेल्दै आइरहेको र आगामी दिनमा सबैसँग समन्वय गर्दै हरेक वर्ग लक्षित गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।