म्यानमारको संसदीय निर्वाचनमा नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी)लाई बहुमत


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित




म्यानमारको सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी) ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ।

हालै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले एनएलडीले संसदको दुवै सदनमा बहुमत सिट हासिल गरेको जनाएको छ।

नोभेम्बरमा भएको निर्वाचनमा संसदको तल्लो सदनमा ३ सय १५ र माथिल्लो सदनमा १ सय ६१ सिटका लागि मतदान भएको थियो।

यस्तै, प्रदेश सभाहरुमा ६ सय १२ सिट र अल्पसंख्यक जातीहरुका लागि छुट्याइएको कोटामा २९ सिटका लागि निर्वाचन भएको थियो।

आयोगको अन्तिम परिणाम अनुसार एनएलडीले ११ सय ६ जना उम्मोद्वार चुनावी मैदानमा उतारेको थियो। एनएलडीले प्रदेशसभाहरुमा ३ सय ९६ सिटमा विजयी हासिल गरेको छ।

यस्तै, संसदको तल्लो सदनमा २ सय ५८ र माथिल्लो सदनमा १ सय ३८ सिटमा विजयी भएको छ।

मत परीणाम अनुसार एनएलडीले स्पष्ट बहुमत पाएसँगै नयाँ सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ।

यस्तै, युनियन सोलिडारिटी पार्टी (युएसडीपी) ले ३३ सिट हासिल गरेको छ भने बाँकी ४७ सिटमा अन्य दलका उम्मेद्वार विजयी भएका छन्।

यता, सत्तारढ दलले प्रदेशसभाहरुमा ५ सय १ सिट हासिल गरेको छ भने संसदमा २० सिट हात पारेको छ।

म्यानमारका राष्ट्रपति यू विन मायान्ट र अर्की नेतृ आङ साङ सुकी पनि संसदको तल्लो सदनमा निर्वाचित भएका छन्।

यस्तै, उपराष्ट्रपति हेनरी भ्यान थिओ भने संसदको माथिल्लो सदनमा निर्वाचित भएका छन्।

म्यानमारमा सन् २००८ मा नयाँ संविधान जारी भएसँगै संसदीय निर्वाचन भएको यो तेस्रो पटक हो।

निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भएको तीन महिनाभित्र त्यहाँ नयाँ सरकार गठन भइसक्नुपर्ने कानुनी व्यवस्था छ।

यसअघि, सन् २०१५ मा भएको आम निर्वाचनमा पनि सत्तारुढ एनएलडी पार्टीले बुहमति सिट हासिल गरेर सरकारको नेतृत्व गरिरहेको छ ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।