नेवार समुदायले आज (आइतबार) र भोलि (सोमबार) म्हः पूजा मनाउँदै छन्।
यस समुदायमा आत्मा नै सबैभन्दा ठूलो हो र महत्वपूर्ण भन्ने मान्यताअनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो।
नेवारी समूदायमा आजको दिन म्हःपूजा भनेर धुमधामकासाथ मनाउने चलन छ।
नेवारी समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ ।
नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ।
म्हः को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ।
यसअर्थमा म्हः पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो।
आजको दिन आत्मतत्वलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो।
म्हः अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द।
चेतना नभएका अनि जड वस्तुहरुमा म्हः को प्रयोग हुँदैन।
यसै चेतना अनि स्व–तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हःपूजा मनाउने चलन छ।
नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ।
शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ।
सोही मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ।
गएका वर्ष जस्तै म्हः पूजा आज (आइतबार) र भोलि (सोमबार) गर्न नेवार समुदाय विभाजित भएका छन्।
१ हजार १ सय ४१ वर्ष अघिदेखि नेपाल सम्वत सुरु भएको हो। केही नेवार समुदायले भने नेपाल सम्बतलाई जोडेर म्हः पूजालाई मान्ने गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





