नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका भोलि सोमबार मनाईदैछ । भाईटीकाको मुख्य साईत भने सोमबार विहान ११ः३७ बजे रहेको छ ।
मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो ।
राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु भएको छ। त्यस दिनदेखि यमदीप दान सुरु भएको छ। कात्तिक २८ गते काग तिहार, धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसैदिन परेको छ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरि मनाइएको छ ।
कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ। त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।