करिब एक महिना अघि पथ्थरी (Kidney Stone) को दुई वटा सल्यक्रिया गरि पन्ध्र दिनको आराम पछि आफ्नो नियमित काममा फर्केको थिए! विश्व भर महामारी को रुपमा फैलिएको COVID-19 ले म पनि अछुतो रहन सकिन । बिजया दशमीको तेस्रो दिन म कन्ट्याक्ट ट्रेसिड.मा परें। त्यस पछि म पोखरा स्थित ड्याम्मसाईड मा रहेको फिस्टेल ईनमा क्वारेन्टाइन बसे. ।पाँच रात त्यहाँ रहदासम्म मलाई त्यस्तो कुनै लक्षण देखा परेन र म मेरो निवास तर्फ लागें ।पाँचौ दिनको दिउँसो गण्डकी मेडिकल कलेज मा स्वाब दिएर घर फर्केँ,त्यो बेला सम्म मलाई केही लक्षण थिएन । त्यो रात रिपोर्ट के आउला भन्ने कुराले मलाई राम्रो निद्रा परेन ! भोलिपल्ट बिहान छ बजे उठे पछि आफ्नो नियमित रुपमा गरिने काम गरेर बसेको थिएं ! दिउँसो कपडा धोई रहेको थिएं । अचानक मेरो फोन को घण्टी बज्यो मैले त्यति ध्यान केन्द्रित गरिनॅं । करिब दुई मिनेट पछि पुनः फोन आयो मैले फोन उठाएं ! फोन थियो पोखरा महानगरपालिका वडा न १७ को स्वास्थ्य महाशाखा बाट । उहाॅंले मलाई कोरोना लागेको औपचारिक जानकारी दिनु भयो र मेरो सम्पूर्ण स्वास्थ्य स्थिति को जानकारी माग्नु भयो । त्यस पछि पनि मलाई अझै हो जस्तो लागेको थिएनॅं । तर स्वास्थ्य महाशाखा बाट आएको त्यो खबरलाई मैले बिश्वास गर्नुपर्ने नै थियो । मलाई त्यो दिन पनि केही लक्षण देखा परेको थिएनॅं । तर भोलिपल्ट बिहानदेखि भने पुरै शरीर शिथिल बनायो ! मेरा शुभचिन्तकहरूले मलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । मलाई त्यस पछि रुघा र ज्वरो आई ग्रस्त बनायो । यसको खास उपचार नभएकोले बिहान ध्यान गर्ने, तातो–तातो खाने,दिनको ३ पटक बाफ लिने, झोलपदार्थ प्रशस्त खाने गर्दै बसेको छु । अहिले दिनप्रतिदिन मेरो स्वास्थ्य सुधारोन्मुख छ ।
मलाई यस परिस्थिति मा सहयोग गर्नुहुने सम्पूर्ण लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
कोरोना भाइरस सामान्य हो भनेर हेलचक्य्राइँ पटक्कै नगरौँ । यसले ज्यान जान पनि सक्छ ! आफू पनि सतर्क हौं र अरूलाई पनि सतर्क गराऔं भन्न चाहन्छुॅं ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






