
नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका आज मनाईदैछ । आजको दिन दिदी बहिनीले आफ्ना दाजभाईलाई भाईटीका लगाईदिने चलन रहेको छ । दिदीबहिनीले दाजुभाईको सुस्वास्थ्य, ऐश्वर्य, र दीर्घायुको कामना गर्दै टीका भाईटीका लगाउने चलन रहेको हो । दाजुभाईलेपनि दिदीबहिनीलाई गच्छे अनुसार उपहार दिने गर्दछन् ।
भाईटीकाको मुख्य साईत भने सोमबार विहान ११ः३७ बजे रहेको छ । मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो ।
राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।
नेवार समुदायले भने भोलि भाईटीका लगाउने छन् । स्वन्तीः अनुसार आईतबार लक्ष्मी पूजा गरेका नेवार समुदायले आज दोश्रो दिन म्हःपूजा र नेपाल सम्वत मनाउँदैछन् भने भोलि भाईटीका (किजा पूजा) गर्ने भएका हुन् ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु भएको छ। त्यस दिनदेखि यमदीप दान सुरु भएको छ। कात्तिक २८ गते काग तिहार, धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसैदिन परेको छ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरि मनाइएको छ ।
कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ। त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।