नेपालीको दोश्रो ठूलो चाडको मुख्य दिन आज भाईटीका लगाईंदैछ । भाईटीका लगाउँदापनि लगाईदिने र लगाईमाग्ने व्यक्ति कता फर्किने भन्ने ख्याल गर्नुपर्छ । भाईटीका थाप्ने व्यक्तिले चन्द्रमालाई अगाडि वा दायाँ तिर पार्नुपर्छ ।
भाईटीका लगाउँदा लगाईदिने व्यक्ति पूर्व फर्किनुपर्छ भने लगाईमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्छ । आजको दिन चन्द्रमा उत्तर हुने भएकाले लगाईमाग्ने व्यक्तिको दायामा चन्द्रमा पर्नेछ । सबै शुभ कार्यमा चन्द्रमालाई अगाडि वा दाया पार्नुपर्छ भन्ने शास्त्रीय चलन रहेको छ ।
चन्द्रमा वृश्चिक राशीमा रहेकाले अहिले चन्द्रमा उत्तर दिशामा रहेकाले टीका थाप्ने व्यक्ति सके उत्तर, नभएपनि पश्चिम दिशामा फर्किएर बस्नुपर्छ भन्ने चलन रहेको पञ्चाङ्ग निर्णायक समितिको भनाईरहेको छ ।
आजको दिन भाईटीका लगाउँदा सप्तरंगी टीका लगाउनु पर्छ । अर्थात सात रंगको संयोजन गर्ने चलन छ । तर शास्त्रले भने तिहारमा सप्तरंगी नभई पञ्चरंगी टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । समितिका अध्यक्ष डा.रामचन्द्र गौतमका अनुसार भाईटीका लगाउँदा रातो, सेतो, पहेंलो, हरियो र नीलो रंग लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





