‘नेपाल सम्वत सम्पूर्ण नेपालीको हो, यसमा सबैले गर्व गरौं’


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित




नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल सम्वत सम्पूर्ण नेपालीको भएको बताएका छन् । भिन्तुना युवा क्लव तेर्सापट्टी पोखराको आयोजनामा सोमबार पोखरामा आयोजित एक सय वर्ष पुरानो बालधारा पुर्ननिर्माणको शिलान्याससहित नेपाल सम्वतको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले नेपाल सम्वत नेवार जातिको मात्र नभई सम्पूर्ण नेपालीको भएको बताएका हुन् । नेपाल सम्वत कुनै एउटा जातिको (नेवार)को मात्र होईन,‘उनले भने,‘यो त सम्पूर्ण नेपालीको हो, त्यसैले नेपाल सम्वतप्रति सबैले गर्व गरौं ।’
अध्यक्ष पालिखेले नेपाल सम्वतसहित सबै संस्कृति र सम्पदाको संरक्षण सबै मिलेर गर्नुपर्नेमा जोड दिए । उनले नेवारको मात्र नभई सबै जात, जातिहरुको संस्कार, संस्कृति र सम्पदाको महानगरपालिकाले संरक्षण गर्नुपर्नेपनि बताए ।

पोखरा महानगरपालिकाका वडाध्यक्ष रवीन्द्रबहादुर प्रजूले सम्पदा र संस्कृति कसैको पेवा नहुने भएकाले यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनपनि सबै मिलेर गर्नुपर्ने बताएका छन् । उनले वडा भित्रका सम्पदाहरुलाई राम्रो र हाम्रो बनाउन वडाले नेतृत्वदायी भूमिका खेल्ने र यसमा वडाबासीको साथ र सहयोग आवश्यक हुने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।