नेवार समुदायले आज मनाउने किजा पूजाको उत्तम साईत १०ः५८ देखि


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित




नेवार समुदायले आज भाईटीका (किजा पूजा) गर्र्दैछन् । नेवार समुदायले मनाउने किजा पूजाको शुभ साईत पूर्वाह्न १० बजेर ५८ मिनेटमा रहेको जनाएको छ । नेवाः खल कास्कीले यसअघी नै विज्ञप्ती जारी तिहारको अवसरमा नेवार समुदायले लगाउने भाईटीका (किजा पूजा)को शुभ साईत १० बजेर ५८ मिनेटमा रहेको जनाएको हो । नेवा खलले शुभ साईतबाट शुरु भएको किजा पुजाको समय १२ बजेर २८ मिनेटसम्म शुभ लाभको समय रहेको बताएको छ । त्यस्तै अपराह्न १२ बजेर २९ मिनेटदेखि १ बजेर ५८ मिनेटसम्म अमृत बेला भएकाले सो समयमापनि किजा पूजा गर्न मिल्ने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

नेवा खल कास्कीले म्हः पुजा भने हिजो मनाउन आग्रह गरेको थियो भने लक्ष्मी पूजा कात्तिक ३० गते गर्न सार्बजनिक अपिल नै गरेको थियो ।

नेवा खलसँगै उसको युवा संस्था नेवा ल्याम्हः पुच कास्कीलेपनि नेवा खलको अपिल अनुसारै मंसीर २ गते किजा पूजा गर्न छुट्टै अपिल गरेको छ । पुचःका अध्यक्ष मधुसुदन जोशी र महासचिव सुरेशकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा नेवारी संस्कार, संस्कृतिको जगेर्नाका लागि नेवा खलःको आह्वान अनुसार किजा पूजासहित म्हः पूजा र लक्ष्मी पूजा गर्न अपिल गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।