हिमाल पारिको जिल्ला मुस्ताङसहित विभिन्न जिल्लामा हिमपात


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित




यस वर्षको हिमपात शुरु भएको छ । मंसीर शुरु भएलगत्तपै गण्डकी प्रदेशमा पर्ने हिमाल पारिको जिल्लाहरु मनाङ र मुस्ताङसहित गोरखालगायतका जिल्लाहरुमा हिमपात शुरु भएको हो । हिमपात भएका जिल्लाहरुमा चिसो ह्वात्तै बढेको जनाइएको छ । जसका कारण जनजीवनपनि प्रभावित भएको खबर छ ।

हिमपातपछि हिमाल पारिको जिल्ला मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । मुस्ताङको सदरमुकाम जोमसोम, लोमान्थाङ, मुक्तिनाथ, छोसेर, चराङ, कोरलालगायतका एक दर्जन ठाउँमा हिमपात भएको खबर छ ।

मुस्ताङमा हिउँ परेसँगै त्यहाँको तापक्रम माईनस २० डिग्रीसम्म झरेको राससले जनाएको छ ।
मनाङमापनि हिउँ परेको जनाइएको छ । मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे, मनाङ गाउँलगायतका ठाउँमापनि हिउँ परेको जनाइएको छ ।

गण्डकी प्रदेशकै गोरखापनि हिउँ परेको खबर छ । उत्तरी गोखाको ल्हो, सामागाउँ, छेकम्पारलगायतका आधा दर्जन ठाउँमा हिउँ परेको स्थानियले जानकारी दिएका छन् ।

लुम्विनी प्रदेशको पूर्वी रुकुममा पर्ने दुलेमापनि हिमपात भएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।