अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अझैपनि, आफूले निर्वाचन हारेको स्वीकार नगर्नु राष्ट्रपति ट्रम्पको लाजमर्दो स्थिति भएको प्रतिक्रिया दिएका छन्।
सोमबार मात्रै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रवीट गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएको बताएपछि डेलावेरबाट सम्बोधन गर्दै नव निर्वाचित राष्ट्रपति बाइडेनले भनेका छन्, ‘अझैपनि, राष्ट्रपति ट्रम्पले आफूले निर्वाचन हारेको स्वीकार गर्न नसक्नु लाजमर्दो स्थिति भएको छ।’
सम्बोधनकै क्रममा बाइडेनले ट्रम्पप्रति आरोप लगाउँदै भने, ‘निर्वाचनमा राष्ट्रपति ट्रम्पले नै जितेको भए अमेरिकामा अझै धेरै मानिस मर्ने थिए।’
सम्बोधनमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहकार्यको आवश्क रहेको बाइडेनले औंल्याए।
पूर्वप्रथम महिला मिचेल ओबामाले पनि सामाजिक मिडियामा लेख्दै राष्ट्रपति निर्वाचन खेल नभएको बताएकी छन्।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ।
राष्ट्रपतिमा निर्वाचित बाइडनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।